राप्रपा रित्तियो, अध्यक्षसहित जिल्ला कार्यसमिति नै कांग्रेसमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ३ गते १०:१९
राप्रपा रित्तियो, अध्यक्षसहित जिल्ला कार्यसमिति नै कांग्रेसमा

संखुवासभा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संखुवासभाका जिल्ला अध्यक्ष कमलमणि कटुवालसहित जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सदस्यता प्रदान गर्दै राप्रपाका नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा ४० जना भन्दा बढीलाई पार्टी प्रवेश गराएको कांग्रेसका जिल्ला सचिव टकमान घलेले जानकारी दिए । पछिल्लो समय कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।

बुधबार पहिलो पटक संखुवासभा पुगेका डा. कोइरालाले बिहीबार संखुवासभाको प्रसिद्व शक्तिपिठ चैनपुरको सिद्वकाली, तुम्लिङटारको मनकामना धामको दर्शनसमेत गरेका थिए । उनी शुक्रबार काठमाडौं फर्कदै छन् ।

यी हुन् कांग्रेसमा प्रवेश गर्ने राप्रपाका नेताहरु–

प्रकाशित : २०७८ मंसिर ३ गते १०:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI