No ads found for this position

आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने, नेपालबाट देख्न नसकिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ३ गते ११:१६
No ads found for this position
आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने, नेपालबाट देख्न नसकिने
No ads found for this position

काठमाडौं, ३ मंसिर । प्रत्येक ६ शताब्दीको अन्तरालमा हुने लामो अवधीको खण्डग्रास चन्द्र ग्रहण आज लाग्दैछ ।

नेपाली भू–भागबाट देख्न नसकिने भएपनि उत्तर तथा दक्षिणी अमेरिका, उत्तर पूर्वी एशिया तथा अष्ट्रेलियाको केही भू–भागबाट सो चन्द्रगहण देख्न सकिने खगोलशास्त्रीहरूले बताएका छन् ।

ग्रहणको अवधि ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । यसअघि १५औं शताब्दीमा भएको खण्डग्रास चन्द्रग्रहण समेत नेपालबाट नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

यस पटक चन्द्रमाको ९७ प्रतिशत भू–भाग ढाकिनेछ । साधारणतया सूर्य र चन्द्रमाको बीचमा पृथ्वीको छाँया पर्नुनै चन्द्रगहण हो । नेपालबाट नदेखिने भएपनि ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई महत्वपूर्ण मानिन्छ ।

प्रकाशित : २०७८ मंसिर ३ गते ११:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI