कांग्रेस नवलपुरका दुई वटा संघिय निर्वाचन क्षेत्रमा आज मनोनयन, भोली निर्वाचन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ६ गते १०:४४
कांग्रेस नवलपुरका दुई वटा संघिय निर्वाचन क्षेत्रमा आज मनोनयन, भोली निर्वाचन

कावासोती । दुई वटा संघिय निर्वाचन क्षेत्र रहेको नवलपुरमा नेपाली कांग्रसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत आज बाट क्षेत्रिय अधिवेशनको प्रक्रिया सुरु हुदैछ ।

कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले आज हुने संघिय निर्वाचनका क्षेत्र अधिवेशनका लागि दुइवटा निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइसकिएको नवलपुर टाईम्सलाई जानकारी दिए । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने ।

सिग्देलका अनुसार दुइवटा संघिय निर्वाचन क्षेत्रका लागी आज मनोनयन र भोली ७ गते मतदान हुने गरि तयारी अगाडी बढाईएको छ ।

यसअघि नवलपुरका ९२ वडा र ८ स्थानीय तह र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ ।
अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधी चयन गर्ने छ ।

प्रकाशित : २०७८ मंसिर ६ गते १०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI