नवलपुरबाट विनोद चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ६ गते १५:३६
नवलपुरबाट विनोद चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

नवलपुर । नेपालका एक मात्र अरबपति विनोदकुमार चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।

नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन ।

चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार रहेका छन् ।

नवलपुरमा सोमवार दुई वटा सङ्घीय निर्वाचन क्षेत्रमा मनोनयन भएको छ । मङ्गलवार मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।

५० जना महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा १०० जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित : २०७८ मंसिर ६ गते १५:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI