नवदुर्गा आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सब सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ८ गते २१:१२
नवदुर्गा आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सब सम्पन्न

प्रेम न्यौपाने ८ मंसिर २०७८
कावासोती । गण्डकी प्रदेश सभा सांसद रोशन बहादुर गाहामगरले अबको शिक्षा प्राविधिमैत्री हुनुपर्ने बताउँनु भएको छ । नवदुर्गा आधारभूत विद्यालय कावासोतीको ३३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउँनुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद गाहाले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावकहरुको आकर्षण बढ्दै जानु सुखद रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा तालिमप्राप्त दक्ष शिक्षक रहेकाले सामुदायिक विद्यालयको गुणस्तरमा कुनै शंका नराखी आफ्ना बालबालिकाहरुलाइ निर्धक्क सामुदायिक विद्यालयमा पठाउँन अभिभावकहरुलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले आजका बालबालिका भविष्यका कर्णधार भएकाले उनिहरुलाइ प्रबिधिसँग जोड्दै ब्यवहारिक र सीपमुलक शिक्षा तर्फ समेत आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयो ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी, विद्यालयका संस्थापक अध्यक्ष विष्णु प्रसाद भुसाल, पूर्व प्रधानाध्यापक कृष्ण कुमार सिग्देल, कावासोती नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक रीता खड्काले गर्नुभएको थियो ।

प्रकाशित : २०७८ मंसिर ८ गते २१:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI