संघिय सांसद खनाल महाधिबेशन प्रतिनिधिमा पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ८ गते २१:२१
संघिय सांसद खनाल महाधिबेशन प्रतिनिधिमा पराजित

नारायण शर्मा/पूर्वी नवलपरासी
कांग्रेस महामन्त्री डा शशांकको गृह जिल्ला पूर्वी नवलपरासीमा संघिय सांसद सत्य नारायण खनाल महाधिबेशन प्रतिनिधिमा पराजित भएका छन ।
उनि यहा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट महेन्द्रध्वज जिसि समुहबाट महाधिबेशन प्रतिनिधिमा उम्मेदवार थिए । उनि समानुपातिकवाट संघिय सांसद हुन । खुल्ला तर्फवाट १० जना भित्र उम्मेदवार रहेका खनालले ११ औ स्थानमा चित्त बुझाउन परेको छ । उनले क्षेत्र नम्बर १ मा खसेको ११ सय ५१ मतमा ४ सय ५४ मत प्राप्त गरेका थिए ।
गण्डकी प्रदेशका ११ जिल्लामा कांग्रेस महामन्त्री डा शशांक कोइराला नेपाली कांग्रेसवाट एक्ला प्रत्यक्ष निर्वाचित सांसद हुन । आफुले निर्वाचन जितेकै स्थानवाट कोइरालाले बिनोद चौधरी र खनाललाई समानुपातीक तर्फवाट संघिय सांसद बनाएका थिए ।

प्रकाशित : २०७८ मंसिर ८ गते २१:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI