एमाले महाधिवेशन : तीन ठाउँबाट मुख्य र्‍याली निस्कने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १० गते ७:३८
एमाले महाधिवेशन : तीन ठाउँबाट मुख्य र्‍याली निस्कने

चितवन : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्कने छ । चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ ।

‘पूर्वी क्षेत्रका लागि भतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्चिम क्षेत्रका लागि नवलपुर गैंडाकोटमा भेला भएर र्‍याली अगाडि बढ्ने छ । त्यसै गरी मुग्लिन तर्फबाट आउनेहरुका लागि आँपटारीमा भेला भएर र्‍याली अगाडि बढेर उद्घाटन स्थलमा आउने छ,’ अध्यक्ष रावलले भनिन् । भरतपुरका अन्य मुख्य चोकहरुबाट निस्कने र्‍याली बसपार्कबाट आउने र्‍यालीमा मिसिँदै अगाडि बढ्ने उनले जानकारी दिइन् ।

एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २०७८ मंसिर १० गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI