प्रेस युनियनका महासचिव शिवाकोटीले काङ्ग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १० गते ८:२०
प्रेस युनियनका महासचिव शिवाकोटीले काङ्ग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

नवलपुर । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छ्न ।

हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचार ‘ब्रेक’ गरेपछि पत्रकार शिवाकोटी चर्चामा आएका थिए ।

दोलखाबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका शिवाकोटीले केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएपछि सक्रिय पत्रकारिता र प्रेस राजनीतिमा नफर्कने बताउदै केन्द्रिय सदस्यमा आफुले जित्ने दाबी गरेका छ्न ।

प्रकाशित : २०७८ मंसिर १० गते ८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI