पश्चिम नवलपरासी : देउवा समुहलाई धक्का, संस्थापन ईतरको प्यानलनै विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ११ गते २०:०६
पश्चिम नवलपरासी : देउवा समुहलाई धक्का, संस्थापन ईतरको प्यानलनै विजयी

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत देउवा समुहको पकड मानिने पश्चिम नवलपरासीमा सम्पन्न जिल्ला अधिवेशनबाट संस्थापन ईतर (पौडेल-कोइराला) समुहको प्यानलनै विजयी भएको छ ।

शनिबार सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन् ।

पोख्रेलले ७ सय ५६ र निकटतम प्रतिद्वन्दी शर्माले ५ सय ६१ मत प्राप्त गरेको मतदान अधिकृत दिपक भट्टराईले बताए ।

जिल्लाको अन्य पदाधिकारी र सदस्यमा पनि पोख्रेल प्यानलकै विजयी भएका छन् । उपसभापतीमा विक्रमप्रसाद यादव र अनिल कुमार गौड, सचिवमा कुलदिप आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् ।

जिल्लामा देउवा समुहको नेतृत्व कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र संस्थापन ईतर (पौडेल-कोइराला) समुहको नेतृत्व अर्का नेता संविधान सभा सदस्य विक्रम खनालले गरेका थिए । महाधिवेशन प्रतिनिधिमा केन्द्रिय सदस्य कंडेल निकट समूह कम्जोर देखिएको छ ।

 

प्रकाशित : २०७८ मंसिर ११ गते २०:०६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI