माओवादी केन्द्र विनयी त्रिवेणीमा सर्वसम्मत नेतृत्व

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ११ गते २१:४२
माओवादी केन्द्र विनयी त्रिवेणीमा सर्वसम्मत नेतृत्व

कावासोती । नेपाल कम्युनिष्ट पार्टि ( माओवादी केन्द्र ) विनयी त्रिवेणी गाउँपालिकाले सर्वसम्मत नेतृत्व टुङ्गाएकाे छ ।

अध्यक्षमा कृण्ण पाण्डे रहनेगरि ५५ सदस्सीय गाउँपालिका समिति चयन गरेकाे छ । जसकाे तीन उपाध्यक्षहरूमा जम्मा पल्लि मगर, दमयन्ती रुचाल र बुद्धि थापा, सचिवमा राजकुमार अधिकारी सह सचिवमा मंगल सुनार
कोषाध्यक्षमा रन्जु अधिकारी चयन भएका छन् । आज देशैभरिका पालिका तथा नगरहरूकाे अधिवेशन भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले फेसबुक लाईभ मार्फत् सबै पालिका तथा नगरकाे उद्घाटन गरेका थिए ।

पालिका अध्यक्ष कृण्ण पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नवलपुर जिल्ला संयाेजक मित्रशरण शर्मा विहानीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हाे ।

प्रकाशित : २०७८ मंसिर ११ गते २१:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI