No ads found for this position

कांग्रेस नवलपुरका सभापति लामिछानेले गरे गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १२ गते ९:५२
No ads found for this position
कांग्रेस नवलपुरका सभापति लामिछानेले गरे गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी घोषणा
No ads found for this position

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन  ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत यहि मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनमा आफुले गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने नवलपुर टाईम्स सँगको कुराकानीमा लामिछानेले बताए ।

“सङ्गठनलाई चुस्त दुरुस्त राख्दै गुटउपगुटबाट पार्टीलाई बचाउन महामन्त्रीमा मेरो उम्मेद्बारी रहन्छ” , लामिछाने भने । काङ्ग्रेसको सङ्गठनलाई चलायमान गराउन, बिपि बिचारलाइ स्थापित गर्न र पार्टी भित्र संघियताको मर्म स्थापित गर्नआफुले उम्मेदवारी दिन  लामिछानेले बताए ।

नवलपुरको पहाडी क्षेत्र जन्मिएका लामिछानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । वि.स २०४८ मा नेपाली कांग्रेस नवलपरासीको कार्यलय सचिव, २०५१ बाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला कार्यसमिती सदस्य, कांग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला सचिव र १३ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित लामिछाने गण्डकी प्रदेश विधायन समितिका सभापति समेत हुन । उनि २०७४ को निर्वाचन बाट नेकपाका किसन शर्मा गैरेलाई पराजित गर्दै प्रदेश सभा सदस्य बनेका थिए ।

लामिछाने नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोईराला निकट मानिन्छन ।

प्रकाशित : २०७८ मंसिर १२ गते ९:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI