No ads found for this position

चितवनमा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १२ गते १२:१५
No ads found for this position
चितवनमा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु
No ads found for this position

चितवन । चितवनको राप्तिमा एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जित बहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियो ।

आगलागीमा परि जित बहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर र घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पुर्ण रुपमा जलेर नष्ट भएको छ । सोलारको ब्याट्री सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित : २०७८ मंसिर १२ गते १२:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI