No ads found for this position

कावासोती-११मा अटोको ठक्कर बाट बाबुको मृत्युु, आमा छोरा घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १३ गते ११:२७
No ads found for this position
कावासोती-११मा अटोको ठक्कर बाट बाबुको मृत्युु, आमा छोरा घाईते
No ads found for this position

कावासोती  । गएराति कावासोती-११ लौगाँई स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु १ ह १०३३ नं.को अटोले ३ जना पैदलयात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

 

आइतबार राती ९ बजे अटोले पैदल हिडेका एकै घरका ३ जनालाई ठक्कर दिएको थियो । घाइते भएक एकै परिवार ३ जना मध्ये बाबुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनु भएको छ ।

 

मृत्यु हुनेमा कावासोती ११ लौगाईका बर्ष ४९ का गोपाल चापागाईको मृत्यु भएको हो ।घाइते हुने मृतक चापागाईकी श्रीमती बर्ष ४६ का राधा चापागाई र चापागाइ कै छोरा बर्ष २९ का पंकज चापागाई रहेको डिएसपी गिरीले बताउनु भयो ।दुबै आमा छोरोको उपचार भरतपुरमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।अटो प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोर उनको खोजी कार्य भइरहेको डिएसपी गिरीले बताउनु भयो ।

प्रकाशित : २०७८ मंसिर १३ गते ११:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI