No ads found for this position

एमालेमा नयाँ नेतृत्व : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध !

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १३ गते ११:४५
No ads found for this position
एमालेमा नयाँ नेतृत्व : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध !
No ads found for this position

चितवन — नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो ।

एमालेको दसौं महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो । कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै आइतबार राति ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नपरेकामध्येबाट उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।
प्रकाशित : २०७८ मंसिर १३ गते ११:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI