No ads found for this position

प्रदेश अधिवेशनको मिति सरे सँगै नवलपुर कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १३ गते १६:००
No ads found for this position
प्रदेश अधिवेशनको मिति सरे सँगै नवलपुर कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित
No ads found for this position

कावासोती । नेपाली कांग्रेसको यहि मंसिर १६ र १७ का लागी भनिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ का लागी सरे सँगै मंसिर १९ र २० गते हुने भनिएको नवलपुर कांग्रेसको जिल्ला अधिवेशन अनिश्चत भएको छ ।

यस अघि मंसिर १० र ११ गते तय भएको जिल्ला अधिवेशन आवश्यक तयारी नपुगेको भन्दै मंसिर १९ र २० लाई तोकिएको थियो । प्रदेश अधिवेशन को नयाँ मिति मंसिर १८ र १९ लाई तोकिए पछि नवलपुर कांग्रेसको जिल्ला अधिवेशन तोकिएको मितिमा नहुने देखिएको छ ।

कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले प्रदेशको मिति सरेको आफुले पनि सन्चार माध्यमबाट थाहा पाएको बताउदै यस विषयमा जिल्ला निर्वाचन समिति सँग छलफल गर्ने बताए ।

कांग्रेस नवलपुरका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले पनि प्रदेशको कार्य तालिका सरेको अनौपचारिक जानकारी पाएको बताए । औपचारिक रुपमा जानकारी आए पछि जिल्ला अधिवेशनको विषयमा निर्वाचन समिति र पार्टीका नेताहरु सँग छलफल गरेर आवश्यक निर्णय लिईने सिग्देलले बताए ।

“ प्रदेश अधिवेशन मंसिर १८ र १९ मा तय भए जिल्लाको मंसिर १९ र २० मा सम्भव छैन, यस विषयमा पार्टीका नेताहरु सँग आवश्यक छलफल गरेर उचित निर्णय लिन्छौ”, सिग्देलले भने ।

प्रकाशित : २०७८ मंसिर १३ गते १६:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI