एमालेको नेतृत्व छान्न भएको मतदान सम्पन्न, २१ सय मत खस्यो, नतिजा तीन घण्टाभित्र

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १४ गते ११:५७
एमालेको नेतृत्व छान्न भएको मतदान सम्पन्न, २१ सय मत खस्यो, नतिजा तीन घण्टाभित्र

सौराहा । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट शुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा  दुई हजार ९२ मत खसेको छ ।

महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।  पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो  ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीको उम्मेदवारी परेको थियो ।

प्रकाशित : २०७८ मंसिर १४ गते ११:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI