५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १४ गते १२:०३
५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत  हालसम्म  ५३  जिल्लामा  जिल्ला  अधिवेशन  र  १५५  सङ्घीय  निर्वाचन  क्षेत्रमा  क्षेत्रीय  अधिवेशन सकिएको छ ।

अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा क्षेत्रीय अधिवेशनमार्फत पार्टीमा नयाँ नेतृत्व चयन भएको हो । काँग्रेसको  केन्द्रीय  निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता जगन्नाथ श्रेष्ठले २४ जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा अधिवेशन हुने क्रम जारी छ ।

प्रदेश २ का आठवटा जिल्लाका साथै चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक रसुवालगायतका जिल्लामा निर्वाचन हुन बाँकी छ ।

   
प्रकाशित : २०७८ मंसिर १४ गते १२:०३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI