नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १४ गते १२:३९
नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने

कावासोती । नवलपुरमा मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ ।

आठ वटा स्थानीय तह भएको जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत लालप्रसाद भुसालले बताए ।

भुसालका अनुसार पहिलो चरणमा जिल्लाको बुलिङ्गटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा मंसिर १७ देखि पुस २ गते सम्म सम्बन्धित गाउँपालिकाको वडामा नै आयोगको टोलि गएर मतदाता नामावली संकलन गरिने छ ।

त्यसै गरि दोस्रो चरणमा जिल्लाको गैंडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा पुस ५ देखि १९ सम्म टोलि खटाएर नामावली संकलन गरिने भुसालले बताए ।

भुसालका अनुसार कावासोती नगरपालिकाको हकमा भने जिल्ला प्रसासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलनको काम हुने छ ।

१८ बर्ष पुगेर मतदान गर्ने अधिकार प्राप्त भएका,बसाइसराइ गरि आएका र मतदाता नामावलीमा नाम छुटेकाहरुलाई लक्षित गरि नामावली संकलन सुरु गरिएको अधिकृत भुसालले बताए ।

जिल्ला प्रशासन कार्यलय नवलपुर र जिल्ला निर्वाचन कार्यालय नवलपुरमा भने नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको छ ।

प्रकाशित : २०७८ मंसिर १४ गते १२:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI