कांग्रेसको प्रदेश सभापति उठ्न ९१ हजार, सदस्य बन्नै ३१ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १६ गते १५:०७
कांग्रेसको प्रदेश सभापति उठ्न ९१ हजार, सदस्य बन्नै ३१ हजार

गण्डकी प्रदेशको राजनधानी पोखरामा सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवारीकै लागि मनोनय दस्तुर ९१ हजार रुपैयाँ लाग्ने भएको छ । त्यस्तै उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार र सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ । प्रदेश कार्यसमिति सदस्यका लागि मात्रै ३१ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । प्रदेश अधिवेशनका प्रतिनिधिहरुले निर्वाचन समितिले चर्को शुल्क लिएको गुनासो गरेका छन् । प्रदेश अधिवेशनका प्रत्येक प्रतिनिधिबाट २ हजार ५ सयका दरले रजिष्ट्रेशन शुल्क समेत लिइएको छ ।

 

 

प्रकाशित : २०७८ मंसिर १६ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI