जब प्रदेश प्रमुख शेरचनले राष्ट्रपतिलाई भावपूर्ण श्रद्धासुमनु भने………..

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १७ गते ११:३१
जब प्रदेश प्रमुख शेरचनले राष्ट्रपतिलाई भावपूर्ण श्रद्धासुमनु भने………..

बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सार्वजनिक कार्यक्रममै आपत्तिजनक शब्द प्रयोग गरेका छन्। हिजो लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव कार्यक्रममा प्रदेश प्रमुख शेरचनले सम्बोधनका क्रममा राष्ट्रपतिलाई ‘हार्दिक भावपूर्ण श्रद्धासुमन व्यक्त गर्छु’ भनेका थिए। अहिले उनको चौतर्फी आलोचना भइरहेको छ।

औपचारिक कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्नुअघि नै सम्बोधन गर्न मञ्चमा पुगेका शेरचनले मन्तव्यको अन्त्यमा राष्ट्रपति लुम्बिनी आएकामा ‘हार्दिक भावपूर्ण श्रद्धासुमन व्यक्त गर्छु’ भनेका थिए।

‘भावपूर्ण श्रद्धासुमन’ मृत मानिसप्रति अर्पण गरिने शब्द हो। लिखित भाषणबिनै मन्तव्य दिएका शेरचनको शब्द सुनेपछि राष्ट्रपतिसहित मञ्चमा रहेका विशिष्ट पाहुनाहरू र कार्यक्रममा सहभागीहरू अचम्म परेका थिए। कतिपयले उनको सचिवालय कमजोर भएको भन्दै आलोचना पनि गरेका थिए।शेरचनको शब्द चयन सुनेर राष्ट्रपति पनि एकछिन त अलमलमै परिन्। यद्यपि, राष्ट्रपतिले भने त्यसबारे कुनै पनि प्रतिक्रिया जनाइनन्।

प्रकाशित : २०७८ मंसिर १७ गते ११:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI