No ads found for this position

कांग्रेस गण्डकी प्रदेश : शुक्रराज र अर्जुनको प्यानलगत उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १७ गते १७:५६
No ads found for this position
कांग्रेस गण्डकी प्रदेश : शुक्रराज र अर्जुनको प्यानलगत उम्मेदवारी
No ads found for this position

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा गुट गत उम्मेदवारी परेको छ ।

शुक्रबार  संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालगायत) को छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

दुवै समूहले संस्थापन इतरबाट शुक्रराज शर्माको प्यानल र संस्थापनबाट अर्जुन जोशीको प्यानल सहित मनोनयन दर्ता गराए ।

संस्थापन इतरबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा महिलातर्फ कोपीला रानाभाट र खुलामा रमेश पाण्डे र रामचन्द्र जोशीको उम्मेदवारी छ । सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाको उम्मेदवारी परेको छ ।

देउवा प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत छन् भने महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्काले मनोनयन दर्ता गराए । यस्तै, सहमहामन्त्रीमा महिलातर्फ ओमकला गौतम, खुलामा राजनराज पन्त र झुलबहादुर आलेको उम्मेद्वारी दर्ता भएको छ ।

कांग्रेसको विधानमा उपसभापति र महामन्त्री २/२ तथा सहमहामन्त्री ३ जना निर्वाचित हुने व्यवस्था छ ।

अन्य पदमा पनि प्यानलअनुसार नै उम्मेदवारी छ । यहाँ ५९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । थप २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।

प्रकाशित : २०७८ मंसिर १७ गते १७:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI