No ads found for this position

कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १९ गते ५:२२
No ads found for this position
कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापति पदमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेको स्रोतले जानकारी दियो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

शनिबार सुर्खेतमा भएको मतदानमा कुल ७७१ मध्ये ७५४ मत खसेको थियो ।
प्रकाशित : २०७८ मंसिर १९ गते ५:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI