कांग्रेस गण्डकी प्रदेशमा महामन्त्रीसहित नवलपुरका आठ जना निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते १०:५४
कांग्रेस गण्डकी प्रदेशमा महामन्त्रीसहित नवलपुरका आठ जना निर्वाचित

कावासोती । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा महामन्त्री सहित आठ पदमा नवलपुरबाट निर्वाचित भएका छन ।
नेपाली कांग्रेस नवलपुरका सभापति समेत रहेका विष्णुप्रसाद  लामिछाने ५६४ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन । सदस्यमा नवलपुरका सात जना निर्वाचित भएका छन ।
प्रत्यक्ष जिल्लाबाट दुई जना, आदिवासी जनजाती खुल्लाबाट १ जना, दलितबाट एक जना, थारु बाट १ जना, प्रत्यक्ष खुल्लाबाट २ जना गरि जिल्लाबाट सात जना सदस्य निर्वाचित भएका हुन ।
कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने प्रत्यक्ष जिल्ला तर्फबाट जिल्लाका महाधिवेशन प्रतिनिधि अशोक बस्ताकोटी र सिता कुँवर निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार बस्ताकोटीले ५ सय १३ मत प्राप्त गरेका छन भने गरि सिता कुँवरले ५ सय ६३ मत प्राप्त गरेर निर्वातिच भएकी हुन ।
त्यसै गरि प्रत्यक्ष खुल्लाबाट घनश्याम कंडेल (४१३ मत), ओमकुमारी महतो (६१५ मत) आदीबासी जनजाती खुल्लाबाट सुरज गुरुङ (६०५ मत) थारुबाट ईन्द्रबहादुर महतो (५५६ मत) र दलितबाट प्रेमबहादुर विश्वकर्मा (प्रकाश) (६००) मत सहित विजयी भएका हुन ।

प्रकाशित : २०७८ मंसिर २० गते १०:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI