न्यूजिल्याण्ड विरुद्ध भारतको शानदार विजय, लगातार १४ सिरिजमा कब्जा

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते ११:३८
न्यूजिल्याण्ड विरुद्ध भारतको शानदार विजय, लगातार १४ सिरिजमा कब्जा

काठमाडौं । भारतले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा ३७२ रनको फराकिलो जित निकालेको छ । मुम्बईमा आज पाँचौं तथा अन्तिम दिन ५४० रनको असम्भव प्रायः चुनौती पछ्याउने क्रममा न्यूजिल्याण्डले १६७ रन मात्र बनाउन सक्यो ।

रनका हिसाबले भारतको यो अहिलेसम्मकै सबैभन्दा फराकिलो जित हो । कप्तानका हिसाबले विराट कोहलीको यो ३९ औं जित हो । योसँगै घरेलु मैदानमा भारतले लगातार १४ औं सिरिज जितेको छ ।

यो जितसँगै भारतले वल्ड टेष्ट च्याम्पियनशिप अन्तर्गतको यो सिरिज १–० ले जितेको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।

भारतको पहिलो इनिङ्स
भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ३२५ रन बनायो । ओपनर मायांक अग्रवालले १५० रन बनाए । त्यस्तै अक्षर पटेलले ५२ तथा शुबमन गिलले ४४ रन जोडे ।

अजार पटेलले १० विकेट लिए । अर्थात् विरलै तोडिने कीर्तिमानमा पटेलले आफ्नो नाम लेखाउन सफल भए । उनी भारतमै जन्मेका थिए । उनी मुम्बईमा जन्मेका थिए । उनको परिवार न्यूजिल्याण्डमा गयो र उनी उतैबाट क्रिकेट खेल्न थाले ।

भारतको दोस्रो इनिङ्स 
भारतले ७ विकेटको नोक्सानीमा २७६ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । मायांकले सर्वाधिक ६२ रन बनाए । त्यस्तै चेतेश्वर पुजार र शुबमन गिलले समान ४७ रन जोडे ।

अक्षर पटेलले २६ बलमा नटआउट रहँदै ४१ रन बनाए । पहिलो इनिङ्समा ० मा आउट भएका कप्तान विराट कोहलीले ३६ रन बनाए ।

पहिलो इनिङ्समा १० विकेट लिएका पटेलले दोस्रो खेलमा ४ विकेट लिए । एकै खेलमा १४ विकेट लिने रेकर्डमा उनको नाम पनि थपिएको छ । त्यस्तै रचिन रविन्द्रले ३ विकेट लिए ।

न्यूजिल्याण्ड पहिलो इनिङ्स
न्यूजिल्याण्डले पहिलो इनिङ्समा निकै नै खराब खेल्यो । २८.१ ओभर खेल्दै ६२ रनमा अलआउट भयो । कायल जमाइसनले १७ र कप्तान टम लाथमले १० रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् ।

भारतका लागि रविचन्द्रन आश्विनले ४ विकेट लिए । त्यस्तै मोहम्मद सिराजले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

न्यूजिल्याण्डको दोस्रो इनिङ्स 
न्यूजिल्याण्डले दोस्रो इनिङ्समा सुधारोन्मुख प्रदर्शन गरे पनि उल्लेखनीय रन जोड्न सकेन ।

५६.३ ओभर खेल्दै आउट हुँदै १६७ रन बनायो । डारिल मिचेलले ६० तथा हेन्री निक्होलिसले ४४ रन बनाए ।

भारतका लागि रविचन्दन आश्विनले ४ विकेट लिए । त्यस्तै जयन्त यादवले पनि ४ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।

 

प्रकाशित : २०७८ मंसिर २० गते ११:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI