भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते ११:५४
भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।

प्रकाशित : २०७८ मंसिर २० गते ११:५४
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI