No ads found for this position

बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते १८:१९
No ads found for this position
बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो
No ads found for this position

नारायण शर्मा/नवलपुर — ६ वर्षअघि नारायणीको बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल ल्याइएको छ । त्रिवेणीधामको उखुबारीमा चर्दै गरेको गैंडाका बारेमा स्थानीयले निकुञ्जलाई खबर गरेपछि प्राविधिकको टोलीले गैंडालाई बेहोस बनाएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा ल्याइएको हो । बर्खाको भेलले बगाएर भारत पुगेको गैंडा त्रिवेणीस्थित सुस्ता र आसपासका क्षेत्रलाई आधार बनाएर चर्दै आएको थियो । नेपाल–भारत ओहोर–दोहोर गरिरहने गैंडाका बारेमा स्थानियले निकुञ्जलाई खबर गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सोमबार नेपालतिर आएको मौका छोपेर निकुञ्जका प्राविधिकसहितको टोलीले डार्ट गरेर (लठ्याएर) नियन्त्रमा लिएको हो । बेहोस गैंडालाई क्रेजमा राखी ट्रकमा राखेर राजमार्ग हुँदै चितवन निकुञ्जको पूर्वी क्षेत्र ल्याएर छाडिएको सूचना अधिकारी तिवारीले बताए ।

करिब १० वर्षको उक्त भाले गैंडालाई नियन्त्रणमा लिन ६ वटा हात्तीसहित २५ जनाको टोलि खटिएको थियो । हरेक वर्ष बर्खायाममा चितवन निकुञ्जका गैंडालाई नारायणी, राप्ती र अन्य नदीको भेलले बगाएर भारत पुर्‍याउने गरेको छ । तिवारीका अनुसार अहिलेसमम २० भन्दा बढी गैंडा भारतमा त्यसरी पुगेको अनुमान छ ।

प्रकाशित : २०७८ मंसिर २० गते १८:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI