बैतडीमा जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २० गते २०:३९
बैतडीमा जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु

बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा नवविवाहित जोडीसहित चार जनाको मृत्यु भएको छ । बैतडीको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपालतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा पाटन ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरू सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए ।

 

प्रकाशित : २०७८ मंसिर २० गते २०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI