शिक्षणलाई सिकाई सँग, सिकाईलाई उत्पादन सँग जोडनु पर्छ : मन्त्री पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २१ गते १७:५५
शिक्षणलाई सिकाई सँग, सिकाईलाई उत्पादन सँग जोडनु पर्छ : मन्त्री पौडेल

कावासोती । संघिय सरकारका शिक्षा मन्त्री देवेन्द्र पौडेलले  शिक्षणलाई सिकाई सँग सिकाईलाई उत्पादन सँग जोडने  शिक्षा प्रणाली सरकारले अगाडी बढाउने तयारी गरेको बताएका छन ।

सोमबार नवलपुरको सरस्वती माध्यमिक विद्यालय कावासोती-४ हसौराको ४६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षणलाई सिकाई सँग सिकाईलाई उत्पादन सँग जोडका लागी बजेटमा नीतिगत व्यवस्था गरिसकिएको र अब छिट्टै पढदै कमाउने कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधी बनाएर विद्यालयहरुबाट प्रस्ताव आवहवान गर्ने गरि शिक्षा मन्त्रालय अगाडी बढेको बताए ।

तीन वर्ष भित्र सबै विद्यालयका भौतिक पूर्वाधारहरुको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अगाडी बढेको बताउदै मन्त्री पौडेलले अबको शिक्षालाई उत्पादनमुखी बनाउने दिशामा सरकार अगाडी बढेको जिकिर गरे ।

सरकारले नीजि क्षेत्रले लगानी गरेका शिक्षण संस्थाहरुलाई राज्यले बनाएको नीति अनुरुप नियमन गर्ने र प्रोत्साहन गर्दै जाने बताएका मन्त्री पौडेले सार्वजनिक शिक्षालाई व्यवस्थित गर्ने, सुदृढ बनाउने दिशामा सरकार अगाडी बढेको धारणा व्यक्त गरे । सार्वजनिक शिक्षा सुदृढ बनाउन शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने भन्दै मन्त्री पौडेलले शिक्षकका सबै खाले सम्स्या समाधान गर्ने बाटोमा सरकार अगाडी बढेकाले शिक्षकहरुलाई पनि जिम्मेवार हुन आग्रह गरे ।

 

विद्यार्थीलाई कोरोना विरुद्घको खोप विद्यालयमै

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले १२ देखि १८ वर्ष सम्मका विद्यार्थीहरुलाई स्वास्थ्यकर्मी विद्यालयमै पुगेर कोरोना विरुद्घको खोप लगाउने व्यवस्था गरिन लागेको बताए । यस विषयमा आफुले स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव सँग आवश्यक परामर्श गरेर तयारी अगाडी बढाएको मन्त्री पौडेलको भनाई थियो ।

विद्यालयको ४६ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा संघिय सांसद तिलक महत, प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, कावासोती नगरपालीकाकी प्रमु चन्द्राकुमारी पुन, प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी लगाएतकाको उपस्थिती थियो ।

प्रकाशित : २०७८ मंसिर २१ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI