नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २१ गते १८:३७
नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

नवलपुर  । नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले नेपाली कांग्रेसको केन्द्रिय कार्य समिती सदस्यमा उम्मेदवारी दिने भएका छन । मङ्सिर २५ गतेदेखी सुरु हुने नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नेता कार्कीले केन्द्रिय सदस्यमा उम्मेद्बारी दिन लागेका हुन ।

नेता कार्कीले केन्द्रिय कार्यसमिती सदस्यमा निर्वाचित भए प्रशिक्षणका कार्यक्रममा जोड दिने बताउँदै सहयोगका लागी अपिल गरेका छन । “प्रशिक्षित कार्यकर्ताले मात्र सङ्गठित काङ्ग्रेस निर्माण हुन्छ, प्रतिबद्ध कम्युनिस्ट संग लड्न काङ्ग्रेस कार्यकर्ता प्रशिक्षित हुन आवश्यक छ”, नवलपुर टाईम्स सँगको कुराकानीमा कार्कीले भने ।

कार्किले उम्मेद्बारी घोषणा गर्दै नेताहरु गाउँका सामान्य कार्यकर्ताका मनोभावना र समस्या सङ्ग परिचित हुनुपर्ने बताए । “गाउँ–गाउँका कार्यकर्तामा नैराश्यता छ,पिडा छ, त्यसैले काङ्ग्रेसका नेता सदरमुकाममुखी नभएर गाउँमुखी हुन आवश्यक छ” कार्कीले भने  । सभापति देउवा निकट मानिने कार्की नवलपुर क्षेत्र नम्बर ०२ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका थिए ।

प्रकाशित : २०७८ मंसिर २१ गते १८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI