रामचन्द्रजीकाे लागि छोडिदिएँ : कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २१ गते १९:३१
रामचन्द्रजीकाे लागि छोडिदिएँ : कोइराला

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए ।

उनले आफ्नो नाम सर्वसम्मति भएको अवस्थामा बाहेक कुनै दाबी नभएको बताए । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडे । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नुभयो,’ कोइरालाले भने ।

उनले शेखर र प्रकाशमान मिलेको अवस्थामा रामचन्द्रले शेखर वा प्रकाशमानको लागि समेत छोड्न सक्ने बताए । ‘साझा उम्मेदवारीको विकल्प छैन । ‘कि सघाउ कि आफ्नै नाममा सहमति जुटाउ’ भन्ने अवस्थामा नेताहरू पुग्नुभएको छ, भोलि फेरि छलफल हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

प्रकाशित : २०७८ मंसिर २१ गते १९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI