No ads found for this position

उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत भाँचिदिएपछि पनि रोकिएनन्

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २२ गते ८:४३
No ads found for this position
उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत भाँचिदिएपछि पनि रोकिएनन्
No ads found for this position
सप्तरी । देश र जनताको सेवा गर्न पठाइएका जनप्रतिनिधि जुधेपछि उनीहरुबाट के आशा राख्ने ? एउटा सानो विषयमा विवाद हुँदा झगडा गर्नेले देशभित्रका जनताको मर्का के बुझ्छन् ? सुन्दा पनि लाज !

प्रसंग हो, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको । मंगलबार किसानका लागि ल्याइएको बिऊ बिजन वितरण गर्ने कार्यक्रम थियो । वितरण कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष उपस्थित हुने नै भए ।

बैठकमा अध्यक्ष सूर्यनारायण मण्डलले केही वडामा मात्र बिऊ बिजन वितरण गर्ने सुनाए । तर, उनको उक्त योजनाविरुद्ध उपाध्यक्ष उषादेवी मण्डल उत्रिए । उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बिऊ बिजन वितरण गर्नु पर्ने अडान लिइन् ।

तर, उनको कुरा अध्यक्ष मण्डलले मान्दै मानेन् । त्यसपछि विवाद सिर्जना भयो । बिऊ बिजन वितरण गर्ने विषयको विवाद अन्ततः गालीगलौ हुँदै हातपातको स्थितिमै पुग्यो ।

रिसले चुर भएकी उपाध्यक्ष मण्डल अध्यक्ष मण्डलमाथि जाइ लागिन् । कुर्सी उचालेर अध्यक्षमाथि प्रहार गर्न थालिन् । अध्यक्ष पनि के कम उनले पनि कुर्सी उचालेर उपाध्यक्षमाथि प्रहार गर्न थाले ।

दुबैबीचमा कुटाकुटकै क्रममा उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत नै भाँचिदिइन् । दाँत भाँचिएपछि रगत बग्न थाल्यो तैपनि अध्यक्ष कुटपिटबाट हटेनन् । कुटपिटकै क्रममा अध्यक्षको हातमा पनि चोट लागेको छ ।

कुटपिटका क्रममा अध्यक्षको दाँत भाँचिए पनि उपाध्यक्षको हातमा मात्र चोट लागेको जिल्ला समन्वय समितिले जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका हुन् भने उपाध्यक्ष त्यहीँ पार्टीबाट विभाजित भई निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका हुन् ।

मंगलबार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरिद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी वितरण गर्ने भन्ने निर्णय नभई कुटाकुट भएको थियो ।

प्रकाशित : २०७८ मंसिर २२ गते ८:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI