No ads found for this position

चितवनमा गैंडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर २७ गते १४:४३
No ads found for this position
चितवनमा गैंडा मृत फेला
No ads found for this position

नवलपुर । चितवनको भरतपुर महानगर—१६ मा गैंडा मृत फेला परेको छ ।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा करीब १६ वर्षको भाले गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्नका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन ।
तिवारीका अनुसार मृत भेटिएको गैंडाको सिंग र खुर लगाएत सबै अंगहरु सुरक्षीत रहेको छ । निकुञ्जको प्रविधिक टोलीले मृत गैंडाको पोस्टमार्टम गरेको छ । पोस्टमार्टम रिपोर्ट आए पछि मात्रै गैंडा मरेको कारण यकिन हुने तिवारीले बताए ।

तिवारीका अनुसार यो सँगै चालु आर्थिक वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १५ गैंडा मृत फेला परेका थिए ।

प्रकाशित : २०७८ मंसिर २७ गते १४:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI