कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १ गते १५:२९
कांग्रेस महामन्त्रीमा गगन  र विश्वप्रकाश  विजयी

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएकाे चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएकाे छ ।

आज बिहीवार भएकाे मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नाै सय ८४ मत प्राप्त गर्नुभएकाे हाे । परिणाम कांग्रेसकाे निर्वाचन समितिले घाेषणागर्न बाँकी रहेकाे छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की उम्मेदवार हुनुहुन्थ्याे ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएकाे हाे । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : २०७८ पुष १ गते १५:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI