देउराली हुप्सेकोट शहरी खानेपानीमा काङ्ग्रेस नेतृत्वको गठबन्धन बिजयी, अध्यक्षमा रजाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ५ गते २२:२७
देउराली हुप्सेकोट शहरी खानेपानीमा काङ्ग्रेस नेतृत्वको गठबन्धन बिजयी, अध्यक्षमा रजाली

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनका उम्मेदवार ओमन सिंह रजाली निर्वाचित भएका छ्न ।

सोमबार अबेर राती सकिएको मतगणना अनुसार अध्यक्षमा निर्वाचित रजालीले नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका संस्थाका वर्तमान अध्यक्ष  मेकबहादुर पुलामीलाई २६४ मतान्तरले पराजित गरेका हुन । रजालीले १३२० मत प्राप्त गर्दा पुलामीले १०५६ मत पाएका निर्वाचन अधिकृत  कृष्ण सिग्देलले नवलपुर टाईम्सलाई जानकारी दिएका छन ।

त्यसै गरि सचीवमा गठबन्धनकै टेकनाथ सिग्देलले अर्का उम्मेदवार ईश्वरी प्रसाद रेग्मीलाई  २ सय ६४ मतान्तरले पराजित गरेका हुन । सिग्देलले १२७८ मत पाउँद  रेग्मीले १०१४ मत पाएका छ्न । त्यस्तै महिला सदस्यमा गंगाकुमारी भुजेल(११८९ मत) देवका गौतम (१२९३ मत) र सुशिला बिक (१२६७मत), लेखा संयोजकमा जुद्धबहादुर थापा ( १३२२ मत) लेखा सदस्यमा मानबहादुर मल्ल ठकुरी (१३१६ मत), लेखा सदस्य पदमा चण्डीकला बंसि (१३०५मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरि वाड नं १ संयोजकमा प्रेमबहादुर घर्ती, वडा नं २ संयोजकमा पहल सिंह राना, वडा नं ३ संयोजकमा टेकप्रसाद पाण्डे र वडा नं ४ संयोजकमा निरमाया थापा विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

विजयी उम्मेदवार मध्ये वडा नं २ का संयोजक राना बाहेक सबै कांग्रेस नेतृत्व गठबन्धन बाट निर्वाचित भएका हुन ।

प्रकाशित : २०७८ पुष ५ गते २२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI