शिक्षक पदपुर्तिका लागि निम्न माध्यामिक तहको विज्ञापन खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ७ गते ८:५०
शिक्षक पदपुर्तिका लागि निम्न माध्यामिक तहको विज्ञापन खुल्यो

काठमाडौं–शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

प्रकाशित : २०७८ पुष ७ गते ८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI