जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसरमा १२ जना जेष्ठ नागरिकलाई सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ११ गते २१:३०
जेष्ठ नागरिक राष्ट्रिय  दिवसको अवसरमा १२ जना जेष्ठ नागरिकलाई  सम्मान

नवलपुर । प्रथम जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसरमा नवलपुरको कावासोतीमा १२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सामाजिक विकास कार्यालय नवलपुर, कावासोती नगरपालिका र जेष्ठ नागरिक संघ नवलपुरको आयोजना आईतबार कावासोती नगरपालिकामा एक कार्यक्रमका बिच कावासोती नगरपालिकाकि नगरप्रमुख चन्द्राकुमारी पुनले जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो कपडा , लौरो प्रदान गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पुनले जेष्ठ नागरिकलाई सम्मान पुर्वक जिवनयापन गर्ने वातावरण बनाउने जिम्मेवारी घर परिवार, समाज र सिङ्गो राष्ट्रको भएको बताउदै जेष्ठ नागरिकप्रती दुर्ववहार भए तत्काल कानुनी उपचारको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख ज्ञानप्रसाद भुसाल, नवलपुर प्रहरी प्रमुख प्रकाश मल्ल लगाएतकाले बोल्नु भएको थियो ।

कार्यक्रम जेष्ठ नागरिक संघ नवलपुरका अध्यक्ष सदानन्द जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २०७८ पुष ११ गते २१:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI