५५ कर्मचारी भएको कावासोती नगरपालिका रित्तै , बस्दैनन कर्मचारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १४ गते ८:४८
५५ कर्मचारी भएको कावासोती नगरपालिका रित्तै , बस्दैनन कर्मचारी

नवलपुर । पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोती नगरपालिकाका कर्मचारी कार्यालय समयमा बस्दैनन । यस्ले सेवाग्राहि मर्कामा परेका छन ।

सेवाग्राहिको गुनासो पछि मंगलवार बिहान १० ः ३० बजे संचारकर्मीको टोलि पुग्दा नगरपालिकाको कुनै कोठामा पनि कर्मचारी भेटिएनन । प्रमुख सबैप्रशासकिय अधिकृतको कार्यकक्षदेखि सबै कोठा रित्तै छन । मंगलवार बिहान १० बजेदेखि १२ बजेको समयमा नगरपालिकाका प्रशासन प्रमुख मुक्ती बस्याल बाहेक कोहिपनि कार्यकक्षमा भेटिएनन । यहा यस्तै हो आउदै हुनुहुन्छ होला प्रशासन प्रमुख मुक्ती बस्यालले भने आउने जाने भैरहन्छ । कर्मचारीहरु हुनै पर्ने हो खै कता कता गएछन उनले भने ।

प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले आफु गत सोमवारवाट आउदो शुक्रवार सम्म बिदा लिएर बाग्लुंग तिर रहेको जानकारी दिए । प्रशासन प्रमुख मुक्ति बस्यालले हाजिरी गर्ने र फुत्त फुत्त निस्कने चलनले समस्या भएको जानकारी दिए । कर्मचारीलाई जति भनेपनि नटेरेको भन्न परयो उनले भने ।

‘ जिल्ला सदरमुकाममा रहेको कावासोती नगरपालिकाको कार्यालयमा ४३ वटा कोठा छन । ५५ जना कर्मचारी छन । कार्यालय समयमा कर्मचारी नबस्दा सेवाग्राहि मर्कामा परेका छन । कावासोती नगरपालिका वडा नम्बर ३ वाट सिफारीस लिन आएका बिष्णु काफलेले आफु तिनदिनदेखि आउदा समेत काम नभएको गुनासो गरे । उनी नक्सापासकालागि आएको सुनाए । सेवाग्राहिको भिडभाड भएपनि कर्मचारी नहुदा सेवाग्राहि मर्कामा परेका छन । मंगलवार नगरपालिकामा सेवा लिन आएका १६ जना सेवाग्राहि कर्मचारी कोठामा नभेटिएको भन्दै सोधपुछ गर्दै थिए ।

प्रशासन प्रमुख मुक्ती बस्याल भन्छन केहि बिदामा कोहि काजमा छन । आधुनिक हाजिरी सिस्टम नभएका कारण यो समस्या भएको हो । हाजिर गर्ने र फुत्त फुत्त निस्कने गर्छन । मंगलवार दिउसो १२ बजेसम्म बस्यालको कार्यकक्षमा बाहेक अन्य कुनै कोठामा पनि कर्मचारी भेटिएनन ।

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमया पंज्ञेनीले नगरपालिका आफै स्थानिय सरकार भएका कारण हामीले कर्मचारीको छडके जांच नगरेकका हौ अरु कार्यालयमा अनुममन गछौ भनिन । अब कावासोती नगरपालिकामा पनि कार्यालय समयमा कर्मचारी बसे नबसेको अनुगमन र छडके गर्छौ प्रमुख जिल्ला अधिकारीले भनिन । कर्मचारी कार्यालय समयमा कोठामा नभेटिनु राम्रो भएन उनले भनिन । मेयर र उपमेयर कार्यक्रममा गएको र चाडौ आउने जानकारी नगरपालिकाले दियो । म एउटा कार्यक्रममा छु अब आइहाल्छु उपमेयर प्रमेशकर मर्दनियाले भने अब आधा घण्टमा म कार्यलय पुग्छु ।

प्रकाशित : २०७८ पुष १४ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI