No ads found for this position

प्रगतिनगर खानेपानी : एमाले भर्सेस गठबन्धन

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १४ गते २१:३०
No ads found for this position
प्रगतिनगर खानेपानी : एमाले भर्सेस गठबन्धन
No ads found for this position

होमनाथ पौडेल/देवचुली । राष्ट्रिय राजनीतिमा नेकपा एमाले विरुद्ध गठबन्धन बने सँगै स्थानीय स्तरमा हुने सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति , खानेपानी जस्ता संस्थाहरुको निर्वाचनमा पनि एमाले विरुद्ध गठबन्धन बन्ने गरेका छन ।

पुर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि पुष १९ गते हुने निर्वाचनमा पनि एमाले विरुद्ध चारदलले गठबन्धन गरेर उम्मेदवारी दिने भएका छ्न ।

नेकपा एमालेका नेता समेत रहेका संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको नेतृत्वमा प्यानल घोषणा भए लगत्तै खानेपानी नेतृत्व हत्याउन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीदलहरु मिलेर कांग्रेस नेता नारायणप्रसाद पौडेलको नेतृत्वमा अर्को प्यानल बनाएर निर्वाचनमा होम्मिने तयारी गरेका हुन ।

संस्थाका वर्तमान अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा सचिव सुर्यप्रसाद दवाडी र लेखा संयोजकमा रत्ना भुसाल सहित लेखा सदस्यहरुमा शिव पराजुली र गीता रिजाल न्यौपानेलाई नेकपा एमालेले मैदानमा उतारेको छ भने चारदलिय गठबन्धन प्रजातान्त्रिक तथा प्रगतिशील बाम गठबन्धनले तर्फबाट नारायण प्रसाद पौडेलको नेतृत्वमा सचिवमा ईन्द्रमणी भुसाल, लेखा समिति संयोजकमा लिलाधर अधिकारी, लेखा समिति सदस्यहरुमा शंकरबहादुर नेपाली र सरस्वती चापागाईलाई अगाडी सारेको हो ।

त्यसै गरि नेकपा एमालेले सदस्यहरुमा ब्लक नं १ बाट सीता पाण्डे, ब्लक नं २ बाट टोपप्रसाद न्यौपाने , ब्लक नं ३ बाट चन्द्रकान्त भुसाल, ब्लक नं ४ बाट दिना पराजुली, ब्लक नं ५ बाट
गुना भण्डारी , ब्लक नं ६ बाट लिलाबल्भव भुसाल, ब्लक नं ७ बाट दुर्गादेवी विष्ट, ब्लक नं ८ बाट कृष्ण श्रेष्ठ र ब्लक नं ९ बाट जसविर पुलामीलाई अगाडि सारेको छ भने चारदलिय गठबन्धनको तर्फबाट सदस्यहरुमा ब्लक नं १ मा लक्ष्मी तिवारी, ब्लक नं २ मा रमा भट्ट, दवाडी, ब्लक नं ३ मा नन्दुलाल धिताल, ब्लक नं ४ मा दुर्गाकुमारी रेग्मी, ब्लक नं ५ मा सागर भण्डारी, ब्लक नं ६ मा ओमप्रसाद सारु, ब्लक नं ७ मा कृष्णा ढकाल, ब्लक नं ८ मा रामबहादुर गुरुङ र ब्लक नं ९ मा जसबहादुर लुङ्गेलीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका भुसालको नेतृत्वमा खानेपानी देशकै उत्कृष्ट खानेपानी घोषणा भएको भन्दै उपभोक्ताले विगत ३ वर्षको काम मुल्यांकन गरेर नेकपा एमालेको प्यानललाई उपभोक्ताले पुन: विजयी बनाउने दाबी एमालेले गरेको छ भने चारदलिय गठबन्धनले संयुक्त गठबन्धन आजको आवश्यकता, द्रुत सेवा सहितको निरन्तर स्वच्छ सफा पानी गठबन्धनको प्रतिवद्धता रहेको बताउदै गठबन्धनकै बलमा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गरेका छन ।

गणितीय हिसाबले चारदलिय गठबन्धन बलियो देखिए पनि संस्थाको वर्तमान अध्यक्ष भुसाललाईनै एमालेले पुन: उम्मेदवार बनाउदा नेतृत्व चयनको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ ।

प्रकाशित : २०७८ पुष १४ गते २१:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI