No ads found for this position

होशियार बनौ ! चिसोमा बच्चालाई यसरी हुनसक्छ संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १६ गते १०:१६
No ads found for this position
होशियार बनौ ! चिसोमा बच्चालाई यसरी हुनसक्छ संक्रमण
No ads found for this position

मौसम परिवर्तन भएसँगै बालबालिकामा रुघाखोकी र भाइरल इन्फेक्सनको समस्या देखिन थाल्छ । बालबालिकाको इम्युन सिस्टम कमजोर हुनाले रुघाखोकीको चपेटामा उनीहरु सजिलै आउन सक्छन् । सामान्य रुघाखोकी लाग्ना साथ अभिभावक बालबालिकालाई औषधि दिन हतारिन्छन् । तर औषधि दिनुभन्दा अगाडि आफूले कुन औषधि दिँदै छु, यसको बेला भएको छ कि छैन जस्ता कुरामा ध्यान दिनु जरुरी छ ।

 

सामान्य रुपमा नै पाइने यस्ता औषधिमा उल्लेख गरिएका तथ्यहरु पढेर निर्देशनअनुसार त्यसको मात्रा सावधानीका साथ पालना गरौं ।

 

उमेरअनुसार औषधि 

 

बालबालिकालाई उमेरअनुसार नै औषधि दिनु स्वस्थकर हुन्छ । त्यस्तै, बालबालिकालाई लागेको रोगको लक्षण पहिचान गरेर सोहीअनुसारको औषधि दिनु अत्यन्त आवश्यक छ । अतिरिक्त औषधि दिनाले साइड इफेक्ट हुनुका साथै बालबालिकाको प्रतिरोधक क्षमतामा पनि यसले ह्रास ल्याउन सक्छ ।

 

उचित मात्रा

 

कतिपय अभिभावकले बालबालिकालाई औषधि खुवाउँदा बिर्कोबाट अथवा सोझै औषधिको सिसीबाट मात्रा विचार नगरी खुवाउने गर्छन् । यो गलत तरिका हो । बालबालिकालाई औषधि खुवाउँदा सही मापन गरेर खुवाउनुपर्छ । यसको लागि चम्चा अथवा स्केल भएको बिर्कोको प्रयोग गर्न सकिन्छ ।

 

एस्पिरिन र निद्राको औषधि नदिऔं 

 

कहिले पनि २० वर्षभन्दा कम उमेरका बिरामीलाई एस्पिरिन अथवा एस्पिरिनयुक्त औषधि दिनु हुँदैन । त्यस्तै, निद्राको लागि एन्टिथिस्टेमाइन्स जस्तै डिमेट्याप, बेनाड्रिल आदि दिनुहुँदैन ।

 

एकै समयमा भिन्न औषधि नखुवाऔं 

 

त्यस्तै, एकै समयमा एकभन्दा बढी औषधि मिलाएर खुवाउनु हुँदैन । एकभन्दा बढी औषधि खुवाउनुपरेको अवस्थामा केही समयको अन्तरालमा ती औषधि दिनु राम्रो हुन्छ ।

 

बालबालिकालाई रुघाखोकी लागेमा यस्ता व्यवहार अपनाऔं  

 

बालबालिकाले ठूलाबडालाई देखेर नै हरेक कुरा सिक्छन् । त्यसैले यी बालबालिकालाई स्वस्थ राख्न आफूले पनि निम्नलिखित व्यवहार अपनाऔं र बालबालिकालाई पनि गर्न लगाऔं :

 

सधैं साबुन पानीले हात धोऔं र बालबालिकालाई पनि धुन सिकाऔं । सफा रुमाल अथवा तौलीले हात पुछौं र पुछ्न लगाऔं । यसले रुघाखोकीको संक्रमणको सम्भावना कम हुन्छ ।

 

खोक्दा अथवा हाच्छ्युँ गर्दा आफ्नो मुख र नाक छोप्न रुमाल अथवा टिस्युपेपर प्रयोग गर्नुपर्छ ।

 

हातले आफ्नो आँखा, नाक, मुख छुने, चलाउने, औंला चुस्ने बानी बालबालिकाको हुन सक्छ । एच१ एन १ भाइरस यसरी नै सर्ने भएकाले बालबालिकाको यस्तो बानी हटाउने कोसिस गरौंं ।

 

रुघाखोकी भएका बिरामीको नजिक बालबालिकालाई नलैजाऔं । आफूलाई रुघाखोकी लागेको छ भने उपचार गरेर अथवा संक्रमण नहुने तरिका अपनाएर मात्र नजिक जाऔं । घरमा कोही बिरामी छन् भने सकेसम्म उनको उपचारको लागि अलग स्थान छुट्याऔं, सम्भव नभए बिरामीबाट बालबालिकालाई कम्तीमा ६ मिटरको दूरीमा राखौं । बालबालिकालाई भाइरलले छुन नसकोस् भन्ने कुरामा ख्याल राख्नु जरुरी छ ।

 

घरआँगन, बालबालिकाले छुने, चलाउने सामान, जस्तै, रिमोटकन्ट्रोल, कम्प्युटर, मोबाइल, किबोर्ड आथि सबै बाहिरी भाग सधैं सफा राखौं ।

 

बालबालिकालाई रुघाखोकी अथवा ज्वरो केही कम हुने बित्तिकै विद्यालय पठाउने, डुल्न खेल्न दिने चलन छ । यस्तो गर्दा रोग पुनः बल्झिन सक्छ । त्यसैले उनीहरुलाई रोग ठीक भए पनि करीब २४ घण्टा घरमा नै आराम गर्न लगाऔं ।

प्रकाशित : २०७८ पुष १६ गते १०:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI