पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १९ गते १४:१८
पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

अर्घाखाँची — अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् ।

 

 

उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गरेको अर्घाखाँची कांग्रेसले जनाएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र सञ्जय गौतमलगायतका नेता उपस्थित थिए ।

प्रकाशित : २०७८ पुष १९ गते १४:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI