एमाले नवलपुरका नेता जीवन श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २७ गते २१:४३
एमाले नवलपुरका नेता जीवन श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेका निवर्तमान सचिव एवं संविधान सभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छ्न ।

मंगलबार साँझ सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेर श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले सामाजिक सन्यास फेसबुकमा लेखेका छ्न “पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।”

सोमबार सम्पन्न नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबेदारी व्यक्त गरेका श्रेष्ठ र अर्का उम्मेदवार निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगर बिच सहमति नहुदा अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई  बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो ।

नेता श्रेष्ठको स्टाटस जस्ताको त्यस्तै

सकृय राजनितिबाट सन्यास घोषणा
म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (के/ के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा-दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जिवन श्रेष्ठ, कावासोति-३, नवलपुर, गण्डकि प्रदेश।

https://m.facebook.com/story.php?story_fbid=1382095872206056&id=100012169680132

प्रकाशित : २०७८ पुष २७ गते २१:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI