नवलपुरमा आतंक मच्चाएको नरभक्षी बाघको खोजी सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २८ गते १५:३३
नवलपुरमा आतंक मच्चाएको नरभक्षी बाघको खोजी सुरु

नवलपुर । विगत डेढ महिना देखि नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु आसपास देखिएको नरभक्षी बाघ खोज्नका चितवन राष्ट्रिय निकुञ्जको टोलि खटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएका ३ वटा हात्ती सहित ९ जनाको टोलिले बाघको खोजी सुरु गरेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले बताए ।

काफ्लेका अनुसार बाघ खोजेर नियन्त्रणमा लिनका लागी आएको टोलिले पहिलो दिन विनयी सामुदायिक वनमा बेस बनाएर काम सुरु गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले निकुञ्जबाट खटिएको टोलिले बाघ नियन्त्रणमा लिनेगरी काम सुरु गरेको बताए । “टोली फिल्डमा खटिएको र जंगलमा बाघको पछिल्लो (नयाँ) पाइला देख्नासाथ प्राविधिक टोलीलाई खबर गर्ने र नियन्त्रणको लागि आवश्यक प्रयास गरिने छ”, घिमिरेले भने  । नवलपुर र बाँके दुवै ठाउँमा बाघको आक्रमणले आतंक मच्चाएको हुँदा निकुञ्जको बाघ नियन्त्रण गर्ने टोलिलाई कार्य विभाजन गरेर दुवै तिर पठाईएको घिमिरेले बताए ।

विगत डेढ महिना देखि जिल्लाको  विनयी त्रिवेणी र मध्यविन्दुमा बाघको आक्रमण परेर २ जनाको ज्यान गएको र एकजना गम्भीर घाईते भए पछि बाघलाई तत्काल नियन्त्रणमा लिन स्थानीयले डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जलाई दबाब दिएका थिए ।

प्रकाशित : २०७८ पुष २८ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI