पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा कैलालीका चौधरी निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २९ गते २२:४०
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा कैलालीका चौधरी निर्वाचित

सौराहा, २९ पुस ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा सञ्जयकुमार चौधरी (कैलाली) निर्वाचित भएका छन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् । चौधरी धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक हुन् भने पूजा कापी उद्योगका अध्यक्ष हुन् ।

अध्यक्ष पदका लागि चौधरीसहित तीन जनाको उम्मेदवारी थियो । अध्यक्ष पदका उम्मेदवार चौधरीले २६९ मत प्राप्त गरे । त्यसैगरी नवराज ढकाल (काठमाडौं)ले १७१ मत र मातृका शिवाकोटी (मोरङ)ले ३५ मत प्राप्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे (रुपन्देही), उपाध्यक्षमा किरणकुमार खनाल(चितवन), पुष्पराज पौडेल (काठमाडौं) र सञ्जीव सत्याल (सुनसरी) निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा शिवसागर शर्मा(काठमाडौं) निर्विरोध भएका छन् भने उपमहासचिवमा यमलाल लोहनी (रुपन्देही) निर्वाचित भए । त्यसैगरी सचिवमा बिष्णुप्रसाद पौडेल (काठमाडौं), बुद्धिप्रसाद अधिकारी (बाँके) र शकुन्तला देवि शर्मा (कास्की) निर्वाचित भएका छन् । कोषाध्यक्षमा गोविन्द महर्जन (काठमाडौं), सहकोषाध्यक्षमा किरणबाबु न्यौपाने (मकवानपुर), लेखा समिति संयोजकमा बासुप्रसाद भेटुवाल (सिन्धुली), लेखासमिति सदस्यमा बुद्धिसागर कँडेल (चितवन) र बासु न्यौपाने (मकवानपुर) निर्वाचित भएका छन् ।

त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाईं (प्रदेश १), धिरज श्रेष्ठ (प्रदेश २), नारायणकुमार श्रेष्ठ (बागमती), लीलाराम गौतम (गण्डकी), भैरव रावल (लुम्बिनी), कमल नेपाल (कर्णाली) र मेखराज दाहाल (सुदूरपश्चिम) चयन भएका छन् ।

भूगोल सदस्य अन्तर्गत उमेश अधिकारी (प्रदेश १), उमेशकुमार अग्रवाल (प्रदेश २), रमेश ढुंगेल (बागमती), द्रोणप्रसाद भुसाल (लुम्बिनी), जगतप्रसाद शर्मा (कर्णाली) र वासुदेव गौतम (सुदूरपश्चिम) चयन भएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी (चितवन), गणपति पाण्डे (रुपन्देही), विजयकृष्ण महर्जन (ललितपुर), ताराराम श्रेष्ठ (तनहुँ), रविन बराल (झापा), रवीन्द्र बराल (सुनसरी) र शम्भु लामिछाने कैलाली निर्वाचित भएका छन् ।

त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरीतर्फ सरोज मास्के (चितवन), कृष्णराम कार्की (काभ्रे), होमनाथ पाण्डे (रुपन्देही), गोविन्द गौतम र मोहनप्रसाद सापकोटा (कास्की) चयन भएका छन् ।

एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य काठमाडौं र पुस्तकतर्फ महेश शर्मा काठमाडौं चयन भएका छन् ।

चितवनको सौराहामा बुधबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महाधिवेशनलाई युवा नेताहरू बद्री पाण्डे, ठाकुर गैरे, जगन्नाथ खतिवडा र हिमाल शर्माले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । पुस्तक व्यवसायी महासंघका मनहरी बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुने गर्दछ ।

प्रकाशित : २०७८ पुष २९ गते २२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI