दिनकै ४० हजार बढी खर्च गरेर बाघको खोजी, नतिजा भने शुन्य

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १ गते ८:२९
दिनकै ४० हजार बढी खर्च गरेर बाघको खोजी, नतिजा भने शुन्य

नवलपुर । नवलपुरमा आतंक मच्चाएको नरभक्षी बाघको विगत ४ दिन देखि खोजी सुरु गरिएको भएपनि पत्तो लाग्न सकेको छैन ।

गत पौष २८ गतेबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनबाट चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र ९ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिए पनि बाघको अवस्था बारे यकिन भन्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

विनयी त्रिवेणीको होङ्गसी सिमेन्ट भन्दा केही पर जोडी बाघ (भाले पोथी)को पाईला देखिएको भए पनि त्यो पाईला नयाँ या पुरानो हो त्यो विषयमा अध्ययन भैरहेको उनले बताए । हात्ती परिचालन भए पछि जोडि बाघ माथी माथी गैरहेको टोलिले नोटिस गरेको घिमिरेले बताए ।

“हात्ती परिचालन भए पछ बाघको भाले पोथी माथी माथी जाँदै गरेको अवस्थामा पाईला भेटिएको टोलिले देखे पछि थप  अध्ययन  सुरु गरिएको छ”, घिमिरेले भने ।

बाघको खोजी कार्य आफैमा जोखिम युक्त र खर्चिलो समेत हुने सहायक संरक्षण अधिकृत घिमिरेले बताए । “जोखिम त धेरैनै छ, खर्चिलो पनि छ, ३ वटा हात्ती र ९ जना प्राविधिकको खर्च दैनिक रुपमा ४२ हजार आसपास खर्च हुन्छ,” घिमिरेले बताए ।

बिगत डेढ महिना देखि विनयी त्रिवेणिको दुम्किबास, मध्यविन्दुको आरुणखोला आसपास बाघको आक्रमणमा परेर २ जनाले ज्यान गुमाएका छ्न भने १ जना घाईते भएका छ्न । बाघको आतंक बढे संगै स्थानीयहरु वनमा चौपाय चराउन, सालको पात टिप्न जान छोडेका छ्न भने पुर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुई पांग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।

प्रकाशित : २०७८ माघ १ गते ८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI