नवलपुरका सिडिओ घिमिरेलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ १ गते १२:०५
नवलपुरका सिडिओ घिमिरेलाई कोरोना संक्रमण

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

६ दिनअघि यहाँ कार्यभार सम्हाल्न आएका प्रमख जिल्ला अधिकारीले शुक्रबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

शुक्रबार बिहान ११ बजे उनले आफ्नै कार्यकक्षमा जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । ‘सञ्चारकर्मीहरुसँग भेटभाटपछि पीसीआर परीक्षण गराउन जिल्ला अस्पताल गएको थिएँ । अहिले प्राप्त रिपोर्टमा कोरानो संक्रमण पुष्टि भयो,’ उनले भने, ‘सबै साथी सुरक्षित बसिदिनु होला ।’

जिल्ला आएदेखि नै उनी विभिन्न संघसंस्था, राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए । उनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन सर्वसाधारणसँग अपिल गरेका छन् ।

 

प्रकाशित : २०७८ माघ १ गते १२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI