आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते ८:२७
आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

काठमाडौं। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ। आज वर्षा र हिमपातको सम्भावना छैन।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ।

प्रकाशित : २०७८ माघ २ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI