No ads found for this position

गैंडाकोटमा ७२ वर्षिया महिला माथी चक्कु प्रहार

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते ९:३७
No ads found for this position
गैंडाकोटमा ७२ वर्षिया महिला माथी चक्कु प्रहार
No ads found for this position

नवलपुर ।  नवलपुरको गैडाँकोटमा ७२ वर्षीया वृद्धामाथी गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुु प्रहार भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १ स्थित नेरश मावि नजिकै स्थानीय ७२ वर्षीया रिमाकला भट्टराई माथी चक्कु प्रहार भएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिएका छन ।

प्रवक्ता गिरीका अनुसार गएराति १० वजे आफ्नै घरमा सुतिरहेको बेला उनिमाथी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाईते भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको गिरीले बताए ।

लुटपाट गर्नका लागि उनी माथी चक्कु प्रहार भएको हो अन्य कुनै कारणले हो एकिन नभएको गिरीले बताए । घाईते बोल्न सक्ने अवस्थामा रहेकाले उनको बयान लिए पछि मात्रै थप जानकारी दिन सक्ने गिरीले बताए ।

कोठामा सुतिरहेको बेला घाटी दवाएर चक्कु प्रहार गर्दा चिउडो अनुहार र आँखामा चोट लागेको प्रहरीले जनाएको छ। घाईते बृद्धाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र आक्रमणकारीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २ गते ९:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI