प्रदिप वास्तोलाको अध्यक्षतामा “अक्सफोर्ड एल्मुनाई एशोसिएसन” गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते २१:०३
प्रदिप वास्तोलाको अध्यक्षतामा “अक्सफोर्ड एल्मुनाई एशोसिएसन” गठन

प्रकाश भण्डारी। गैँडाकोट  अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोट नवलपुरमा अध्ययनरत पूर्व बिद्यार्थीहरूको भेलाले आज ११ सदस्यीय Oxford Alumni Association र ५ सदस्यीय सल्लाहकार समिति  गठन गरेका छन्।

११ सदस्य रहेको कार्यसमितिको अध्यक्षमा प्रदिप वास्तोला, उपाध्यक्षमा प्रिन्स भण्डारी, कोषाध्यक्षमा दुर्गेश नन्दिनी शर्मा, सचिव ई. रबि घिमिरे, सह-सचिव विन्दु अर्याल र सदस्यहरूमा विश्व पोख्रेल, अशिस, अञ्जन अधिकारी, सुवास ढकाल, रेशम रेग्मी र सिमा सापकोटा रहेका छन्।

त्यस्तै ५ सदस्य रहेको सल्लाहकार समितीको संयोजकमा सुरेश कुमार बराल, सदस्यहरूमा भानु थपलिया, धिरन शाक्य, शुशिल रेग्मी र विरेन्द्र कुमारी चौधरी छन्।

उक्त एल्मुनाई एशोसिएसनले विशुद्ध रूपमा कलेजमा हुने शैक्षिक कृयाकलाहरूलाई सहायता पुग्ने खालको कार्यक्रमहरू गर्ने र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि समितीले महत्वपूर्ण भूमिका निभाउने कार्यसमितिका उपाध्यक्ष प्रिन्स भण्डारीले बताउनुभयो।

आजको कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल प्रा.ई. हरि भण्डारीले सबैलाई विद्यार्थीको हक हितमा काम गर्न र कलेजको शाख जोगाई राख्न यो समितिले महत्वपूर्ण भूमिका निभाउने छ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

 

 

प्रकाशित : २०७८ माघ २ गते २१:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI