No ads found for this position

मोटरसाइकलले साईकललाई ठक्कर दिदा ३ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते २०:०५
No ads found for this position
मोटरसाइकलले साईकललाई ठक्कर दिदा ३ जना घाईते
No ads found for this position

नवलपुर ।  मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिंदा साइकल यात्री सहित मोटरसाइकलमा सवार २ जना गरी ३ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरे स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको ना १५ प ५४३३ नम्बरको मोटरसाइकलले साईकलयात्री ज्यामिरेकी १५ बर्षीया निरुता पौडेललाई ठक्कर दिएको हो ।

दुर्घटनामा साइकल यात्री पौडेल, मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका ७ निवासी ४६ बर्षीय सुवाखर पराजुली, र मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका – ९ बसन्तपुर बस्ने ४६ बर्षीय श्यामकान्त भण्डारी घाइते भएका छन् ।

घाइते तिनै जनाको दुम्किवास पोलिक्लिनिकमा उपचार पछि थप उपचारका लागि चितवनको एलाइभ अस्पताल भरतपुर पठाइएको र ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २ गते २०:०५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI