जन्तीको समुहलाई भ्यानले ठक्कर दिदा महिलाको मृत्यु, १७ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ५ गते १८:२०
जन्तीको समुहलाई भ्यानले ठक्कर दिदा महिलाको मृत्यु, १७ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा आज जन्तीलाई भ्यानले ठक्कर दिंदा १ जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवबाट हसौरा आउँदै गरेको ना ५ च २६९५ नम्बरको भ्यानले शंखदेवमा विवाहमा जन्ती आएका टोलीलाई ठक्कर दिएको हो ।विवाह घर नजिकै बाटोमा बसिरहेका टोलीलाई भ्यानले अनियन्त्रित भई ठक्कर दिएको थियो । दुर्घटनामा परी ५० बर्षीया महिलाको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुप्सेकाट ४ बस्ने ५० बर्षीया छुमाया मश्राङ्गी मगरको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा निधन भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरु अधिकांश हुप्सेकोट ४ का रहेका छन् ।

प्रकाशित : २०७८ माघ ५ गते १८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI